मतदाता शिक्षा प्रभाबकारी नहुँदा ओखलढुगांका मतपत्र बदर हुने संभावना बढि ।
दानुरी शेर्पा, ओखलढुंगा, मंसिर १० गतेको चुनाब आउने मिति नजिकिँदै जाँदा ओखलढुगांका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने बारेमा अलमलमा परेका छन् । चुनाब आउन केही दिनमात्र बाँकी छँदा मतदाताहरु मत हाल्ने तरिका नजानेकाले अल्मलमा हुन् ।
जिल्ला निर्वाचन कार्यालयले प्रभावकारी मतदाता शिक्षा सञ्चालन गर्न नसकेको कारण यस्तो भएको हो ।
कार्यालयले जिल्लामा ढिलो गरी सुरु भएको मतदाता शिक्षा कार्यक्रम शुरु गरेको भएता पनि भौगोलीक बिकटताका कारण मतदाता शिक्षा कार्यकर्ताहरु दुर्गमका सबै ठाँउमा नपुग्दा मतदाताहरु अल्मलीएका हुन । 
पहिलो पटक दुई तहका लागि हुने निर्वाचनमा तिनवटा छुट्टाछुट्टै मतपत्रमा मत संकेत गर्नुपर्ने व्यवस्था गरेको मतादातालाई मतपत्रका विषयमा जानकारी नहुने हुदाँ मतदाताहरुको मत बदर हुने सम्भाबना बढ्दै गएको छ ।
ओखलढुगांमा १ सय ४१ मतदान केन्द्रमा मतदाता शिक्षा लागि मतदाता शिक्षा कार्यकर्ता खटिएको निर्बाचन कार्यलयले जनाएको छ । तर पनि दुर्गमका मतदाताले भने अहिलेसम्म मतदाता शिक्षा नपाएको गुनासो गर्दै आएका छन् ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक
कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले
स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका
नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक


प्रतिकृया दिनुहोस