• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३७

जनप्रतिनिधिहरु सेवाग्राही खोज्दै काठमाण्डौमा 

५ गते भाद्र २०८२,
सुनकोशी अनलाइन


ओखलढुंगाका स्थानिय तहका जनाप्रतिनिधिहरु सेवाग्राही खोज्दै काठमाण्डौ आउने गरेका छन ।गाउका नागरिक शहर केन्द्रित भएपछि सामाजिक सुरक्षा भत्ता, राष्ट्रिय परिचय पत्र वितरण, वडाबाट हुने घटना दर्ता र विभिन्न सिफारिश प्रदान गर्न गाउपालिका र वडा कार्यालयले सेवाग्राही खोज्न काठमाण्डौ केन्द्रित शिविर आयोजना गरेका हुन ।

आर्थिक बर्षको शुरुमा नै सुनकोशी गाउपालिकाले नवदुर्ग पाटी प्यालेसमा शिविर आयोजना गरेर राष्ट्रिय परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण लगायतको सेवा प्रवाह गरेको थियो । त्यस यता खिजीदेम्वा गाउपालिकाले पनि बौद्धमा २ दिने शिविर सञ्चालन गरेर सेवाग्राहीलाई प्रदान गरेको छ । भने लिखु गाउपालिका वडा नं. ९ ले भाद्र ३ र ४ गते दुइदिने शिविर मार्फत सेवा प्रदान गरेको छ । लिखु ९ को शिविरमा सेवा लिने ३  सय भन्दा माथी रहेका छन । यस्तै चम्पादेवी गाउपालिका वडा नं. ६ ले ५ र ६ गते दुइदिन सेवा प्रदान गरेको छ । त्यसैगरी सुनकोशी १० चावहिलको सिद्धिविनायक कलेजमा ५ र ६ गते दुइ दिन शिविर सञ्चालन गरेको पाइएको छ ।

त्यसैगरी लिखु गाउपालिका वडा नं. ५ ले नवदुर्ग पाटी प्यालेसमा भाद्र ११ र १२ गते २ दिने शिविर आयोजना गरेर सेवा प्रदान गर्ने तयारी गर्दैछ भने अन्य कतिपय वडाहरुले शिविरको योजना बनाइरहेका छन । 

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी