बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता बिपरित हुने भन्दै महिला तथा बालबालीका कार्यलयले अनुगमन गर्ने तयारी गरेको हो । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा सबै तहमा अनुगमन टोली परिचालन गरिएको कार्यलयले जनाएको छ ।
मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निवार्चन लक्षित बालबालिका प्रचार प्रसारमा प्रयोग भएनभएको बारे उनिहरुले आ–आफ्नो गाउँपालिका तथा नगरपालिका स्तरमा अनुगमन गर्ने महिला तथा बालबालिका कार्यलय ओखलढुंगाका महिला बिकाश अधिकृत प्रवल श्रेष्ठले बताए ।
जिल्लामा क्रियाशिल राजनितिक दलहरुले चुनावी प्रचार प्रसारलाई आक्रमक बनाएकाले त्यसक्रममा बालबालीको प्रयोग हुनसक्ने भन्दै आनुगमन गर्न लागिएको हो । ओखलढुंगाको सिद्धिचरण नगरपालिकासहित सातवटै गाउँपालिकामा खटिएका अनुगमन टोलिले राजनीतिक दलका गतिविधिको अनुगमन गर्नेछ ।
अनुगमनका लागि सिद्धिचरण नगरपालिकामा आमवहादुर कट्वाल, सुनकोसी गाउँपालिकामा,मनकुमार गुरुङ ,मोलुङ गाउँपालिकामा अम्विका श्रेष्ठ ,मानेभञ्ज्याङ गाउँपालिकामा सविना राई ,चिशंखुगढी गाउँपालिकामा जानुका कट्वाल, खिजिदेम्बा गाउँपालिकामा सरिता तामाङ ,लिखु गाउँपालिकामा छत्र खत्री र चम्पादेबी गाउँपालिकामा निर्मला खड्का खटिएका छन् ।
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी
शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश जारी
शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश


प्रतिकृया दिनुहोस