विद्यालय समायोजनका लागि ३४ करोड
काठमाण्डौ, ९ भाद्र २०८२
सुनकोशी अनलाइन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समयोजन र दरवन्दी मिलान भएका शिक्षक कर्मचारी व्यवस्थापनका लागि ३४ करोड रकम विनियोजन गरेको छ ।
यसरी छुट्याइएको ३२ करोड रकम शिक्षक तलव भत्ताको रकम दरबन्दी मिलान प्रयोजनका पछि बाँडफाँड हुने गरी स्थानिय तहमा हस्तान्तरण हुने र २ करोड रकम विद्यालय समायिोजन एकिकरण भएका विद्यालयका विद्यालय सहयोगीको व्यवस्थापनका लागि अनुदान दिने भनिएको छ ।
देशभरीमा १५ हजार भन्दा बढि सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी रहेको तथ्याङमा उल्लेख छ । विद्यार्थी नभएका ठाउमा स्थानिय तहले जताभावी विद्यालय खोलेका, १ जना विद्यार्थी भएका ठाउँमा ५ जना शिक्षक थन्किएका र निति नियमले तोकेको शिक्षक विद्यार्थी अनुपात नमिलेकाले मिलाउने पर्ने भएकाले सरकारले कडाइका साथ विद्यालय समयोजन र एकिकरण गर्न जोड दिएको शिक्षा तथा मानव विकास श्रोत केन्द्र श्रोतले जनाएको छ ।
सरकारले लगानी गरेको सामुदायिक विद्यालयमा विधार्थी अभाव भएको भन्दै चालु आर्थिक बर्ष २०८१०८२ विद्यालय र स्थानिय तहलाई प्रोत्साहन गरी तोकिएको भन्दा अत्यन्त कम विद्यार्थी भएका विद्यालयहरुका शिक्षक दरबन्दी मिलान र समयोजन भएपछिका शिक्षक र कर्मचारीको व्यवस्थापनका लागि जोड दिएको छ ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी


प्रतिकृया दिनुहोस