• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३५

लिसामा लिखु प्रथम खिजीदेम्बा अन्तिम

ओखलढुंगा, ८ भाद्र २०८२
सुनकोशी अनलाइन 


आर्थिक बर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन (लिसा) मा  लिखु गाउपालिका जिल्लाको उकृष्ट बनेको छ, भने खिजीदेम्बा अन्तिम भएको छ।

ओखलढुंगा जिल्लाका ८ वटा स्थानिय तह मध्ये लिखु गाउपालिका ९५.५% अंक सहित उत्कृष्ट र ७४% अंक सहित खिजीदेम्बा अन्तिम बनेको हो । आर्थिक बर्ष २०८०\८१ को लिजामा जिल्लाका क्रमशः चम्पादेवी ९२.७५% सहित दोस्रो सिद्धिचरण ८९.२५% सहित तेस्रो चिसंखुगढी  ८५% सहित चौथो मानेभञ्ज्याङ ८२.५ %सहित पाचौ सुनकोशी ८०% सहित छैंटौ  मोलुङ ७८.२५% सातौं र खिजीदेम्बा ७४%आठौं अन्तिम भएका छन ।

आर्थिक बर्ष २०७९\८० को लिजामा मोलुङ ८७.७५% सहित पहिलो सिद्धिचरण नगरपालिका ८२.२५% सहिति दोस्रो, सुनकोशी ७९%सहिति तेस्रो, चम्पादेवी ७४.७५% सहिति चौथो, चिसंखुगढी ७२.२५% सहिति पाचौं, खिजीदेम्वा ७२.५% सहिति छैटौं, मानेभञ्जयाङ ६५.२५% सहित सातौ र ६३.७५ % सहित लिखु आठौ भएका थिए ।  

खासगरी स्थानिय तहको मुल्यांकनका सुचकहरुको तह र अंकभार अन्र्तगत ३ वटा सुचकहरुको अवस्था समेत उल्लेख गरिएको छ । स्थानिय तहको समग्र सुचकहरु झल्काउने सुचकहरुमा क्रमशः लिखु ९७.६२%, चम्पादेवी र सिद्धिचरण ८९.२९%, चिसंखुगढी ८५.७१%, सुनकोशी ८०%, मानेभञ्ज्याङ ८८.१%,  खिजीदेम्बा ७९.७६% र मोलुङ  ७५ % अंक प्राप्त गर्न सफल भएका छन ।

त्यसैगरी स्थानिय तहको दैनिक प्रशासन संचालन, सेवाप्रवाह स्थानिय सरोकारका विषय संबोधन हुने खालको प्रकृया उन्मुख सुचकमा चम्पादेवी १००%, लिखु ९२.६५%, सिद्धिचरण ८६.७६%, सुनकोशी, मोलुङ, चिसंखुगढी र मानेभञ्ज्याङ  ९४.७४% खिजीदेम्वा ७२.०६%, भने,

तुलना गर्न मापन गर्न र संख्यात्मक रुपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजा मुलक सुचक लिखु ,९६.६७%, सिद्धिचरण ९१.११%, चिसंखुगढी ९०%, चम्पादेवी ८८.८९% मानेभञ्ज्याङ ८३.३३% सुनकोशी ८१.११% मोलुङ ८०%  खिजीदेम्वा ७४.४४% अंक प्राप्त गरेका छन । 

स्थानिय तहको कार्यप्रकृया र उपलब्धीको बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षहरुको पहिचाहन गर्न विकास र शुशासनमा भएका कमी कमजोरीको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न, गाउपालिका र नगरपालिका वीच तुलना योग्य तयार गरी प्रतिष्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानिय तहलाई सक्षम र प्रभावकारी बनाउन भन्दै सरकारले हरेक बर्ष देशभरीका स्थानिय तहलाई लिसामा समावेश गरी अध्ययन गर्ने र सार्वजनिक गरिरहेको छ । 

संघिय माविमला एवं सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानिय तहहरुको स्थानिय तह संस्थागत क्षमता मुल्यांकन कार्यविधि २०७७ मा व्यवस्था गरिए अनुसार १० वटा स्वमुल्यांकनको विषयगत क्षेत्र सुचकहरु कामय गरी अध्ययन गर्ने व्यवस्था रहेको छ । 

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले

स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक