• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४५

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता बिपरित हुने भन्दै महिला तथा बालबालीका कार्यलयले अनुगमन गर्ने तयारी गरेको हो । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा सबै तहमा अनुगमन टोली परिचालन गरिएको कार्यलयले जनाएको छ ।
मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निवार्चन लक्षित बालबालिका प्रचार प्रसारमा प्रयोग भएनभएको बारे उनिहरुले आ–आफ्नो गाउँपालिका तथा नगरपालिका स्तरमा अनुगमन गर्ने महिला तथा बालबालिका कार्यलय ओखलढुंगाका महिला बिकाश अधिकृत प्रवल श्रेष्ठले बताए ।
जिल्लामा क्रियाशिल राजनितिक दलहरुले चुनावी प्रचार प्रसारलाई आक्रमक बनाएकाले त्यसक्रममा बालबालीको प्रयोग हुनसक्ने भन्दै आनुगमन गर्न लागिएको हो । ओखलढुंगाको सिद्धिचरण नगरपालिकासहित सातवटै गाउँपालिकामा खटिएका अनुगमन टोलिले राजनीतिक दलका गतिविधिको अनुगमन गर्नेछ ।
अनुगमनका लागि सिद्धिचरण नगरपालिकामा आमवहादुर कट्वाल, सुनकोसी गाउँपालिकामा,मनकुमार गुरुङ ,मोलुङ गाउँपालिकामा अम्विका श्रेष्ठ ,मानेभञ्ज्याङ गाउँपालिकामा सविना राई ,चिशंखुगढी गाउँपालिकामा जानुका कट्वाल, खिजिदेम्बा गाउँपालिकामा सरिता तामाङ ,लिखु गाउँपालिकामा छत्र खत्री र चम्पादेबी गाउँपालिकामा  निर्मला खड्का खटिएका छन् । 

प्रतिकृया दिनुहोस

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले

स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक

मतदाता शिक्षा प्रभाबकारी नहुँदा ओखलढुगांका मतपत्र बदर हुने संभावना बढि ।

दानुरी शेर्पा, ओखलढुंगा, मंसिर १० गतेको चुनाब आउने मिति नजिकिँदै जाँदा ओखलढुगांका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने बारेमा अलमलमा परेका छन् । चुनाब