• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४६

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

कञ्चनपुर, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले नेपाली जनताको विकास र समृद्धिको चाहना कांग्रेसले मात्र पूरा गर्ने भएकोले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अध्यधिक मतले विजयी बनाउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अन्र्तगत भीमदत्त नगरपालिकाको १४ र १६ नम्बर वडामा बिहिवार आयोजित चुनावी सभालाई संबोधन गर्दै नेता लेखकले सो कुरा बताउनुभएको हो । “ हामीले संविधानसभाबाट संविधान जारी गरेर राजनीतिक परिवर्तनको लक्ष्य हासिल गरी स्थापित गरिसकेका छौ ” नेता लेखकले भन्नुभयो,“ तपाई हामी सबैमा देशलाई विकसित मुलुकको दाँजोमा पुर्याउने, यही रोजगारी सिर्जना गर्ने र सम्पन्न बन्ने चाहना छ, त्यसलाई कांग्रेसले मात्र पूरा गर्न सक्छ , यो चुनाव जितेपछि हाम्रो सरकार त्यही काममा लाग्नेछ ।”

उहाँले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अहिले नेपाली कांग्रेसलाई सबै जनताको सहयोग र समर्थन चाहिएको बताउदै आसन्न चुनावमा प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी बनाउन पनि आग्रह गर्नुभयो ।

‘दोधारा–चाँदनी सुख्खाबन्दरगाहा निर्माण, महाकाली करिडोर हुदै त्रिदेशीय नाका बनाउने विकास हुन्छ’ नेता लेखकले भन्नुभयो,‘ संविधान निर्माणको काममा संलग्न भैरहेको बेलामा पनि हामीले सडक,पुल,खानेपानी, सिंचाई,स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गरेका छौ।‘ उहाँले कांग्रेसको सरकारको पालामा अरुको पालामा भएको विकासको तुलना गर्न पनि मतदातासंग आग्रह गर्नुभयो ।

चुनावी सभालाई प्रदेशसभा (क) का उम्मेदवार यज्ञराज जोशी र प्रदेश सभा (ख) का उम्मेवार बेलबहादुर रानाले समेत सम्बोधन गर्नुभएको थियो । उहाँले आफु लामो समयदेखि पार्टिमा लागिपरेको र विकासका लागि आफू लागि पर्ने बताउनुभयो ।उहाँले नेपाली काँग्रेस नै मुलुकको विकासको मुख्य पहरेदार पार्टी भएको भन्दै भोट दिएर जिताउन सबैलाई आग्रह गर्नुभयो । उहाँलेकञ्चनपुरमा नेपाली कांग्रेसको बिजयलाई कुनै गठबन्धनले रोक्न नसक्ने बताउनुभयो ।

बिहीबार भएका चुनावी आमसभामा विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

भीमदत्त नगरपालिका १४ र १८को खैरबट्टी गरि ५० जना साथै वडा नम्बर १६ मा आयोजित चुनावी कार्यक्रममा दुईदर्जन अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने

ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु

स्व. प्रकाशको निधनप्रति श्रदाञ्जली व्यक्त गर्दै पाटी कार्यालयमा शोक पुस्तिका

नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य साकार दाहाल (प्रकाश) अकल्पिनय निधन प्रति गहिरो शोक व्यक्त गर्दै ओखलढुंगा जिल्ला पाटी कार्यालयमा शोक

मतदाता शिक्षा प्रभाबकारी नहुँदा ओखलढुगांका मतपत्र बदर हुने संभावना बढि ।

दानुरी शेर्पा, ओखलढुंगा, मंसिर १० गतेको चुनाब आउने मिति नजिकिँदै जाँदा ओखलढुगांका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने बारेमा अलमलमा परेका छन् । चुनाब