• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३७

प्राविधिक शिक्षा पाठ्यक्रम एकीकरण गर्न १० लाख 

३१ श्रावण २०८२
सुनकोशी अनलाइन 


सरकारले माध्यामिक तहको प्राविधिक धार, प्रिडिप्लोमा र डिप्लोमा तहको पाठ्यक्रम एकीकरण गर्न १० लाख रकम विनियोजन गरेको छ । प्राविधिक धारको पाठ्यक्रम एकीकरण गर्न विद्यालय शिक्षा क्षेत्र योजना अन्र्तगत पाठ्यक्रम विकास केन्द्रको बजेट शिर्षक नं. ३५०००११०१ को खर्च शिर्षक २२५२२ मा रकम विनियोजन गरेको हो । अहिले शिक्षा मन्त्रालयले सञ्चालन गरेको माध्यामिक तहको ९-१२ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको प्रिडिप्लोमा र डिप्लोमा तहका फरक फरक पाठ्यक्रम अनुसार पठानपाठन भइरहेका छन । 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत विज्ञहरुको सहभागीतामा माध्यामिक तहको प्राविधिकधार तर्फको मौजुदा पाठ्क्रममा एकिकरण गर्न सकिने विषय बस्तुको पहिचाहन गर्ने, विभिन्न विधागत  क्षेत्रका विज्ञको सहभागीतामा कार्यदल गठन गरी एकीकरण गर्न सकिने पाठ्यक्रम संरचनाको मसौदा तयार गर्ने, शिक्षक कार्यशाला मार्फत सुधार गर्ने, विषय समितिमा छलफल गरी प्रस्तावित संरचनाको अन्तिमीकरण गर्ने, समन्वय तथा सम्पादन समितिबाट स्वीकृत गराउने, र प्रस्तावित पाठ्यक्रम स्वीकृतका लागि परिषदमा पेश गर्ने कार्य गर्न उक्त रकम खर्च गर्ने उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस

ढिलो भयो प्रदेश राजधानी तोक्ने काम

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी

निर्वाचन पछि गगन थापा प्रधानमन्त्री

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन