• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४७

निर्वाचन पछि गगन थापा प्रधानमन्त्री

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुरा गर्दै नेता थापाले पार्टीलाई मजबुत बनाउन र जनप्रिय बनाउनका लागि आफू सक्षम भएको बताउँदै पार्टीको नेतृत्व गर्न तयार रहेको बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापाले आफूले चुनाव जितेपछि कांग्रेसको नेतृत्व परिवर्तन वा सक्षम जे आवश्यक छ, त्यही बाटोमा अग्रसर हुने बताए ।

चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई प्रधानमन्त्री बनाउने सम्भावना नभएको तर्क गर्दै थापाले अब देशकै नेतृत्व लिन आफू तयार रहेको बताए ।

केही दिनअघि चुनाव प्रचारका नाममा बद्री पंगेनीले आफूविरुद्ध झुटो प्रचार गरेको भन्दै थापाले असन्तुष्टी जनाएका छन् । क्षेत्र नम्बर ४ कै एमाले उम्मेदवार राजन भट्टराईको चुनावी सभामा गएर पंगेनीले गीतमार्फत थापालाई जनता ठग्ने फटाहा भनेका थिए ।

प्रतिकृया दिनुहोस

ढिलो भयो प्रदेश राजधानी तोक्ने काम

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र

राष्ट्रपति भण्डारी युएई प्रस्थान

काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।  राष्ट्रपति भण्डारी

बाम चन्दा आतंकको पराकाष्ठा

 बाम गठबन्धनको चन्दा आतंकले पराकाष्ठा नै नाघेको खुलासा भएको छ । संयुक्त बाम गठबन्धनको आर्थिक कमिटिले मुलुकमा परिवर्तन ल्याउन बाम गठबन्धनले ठूलै