बाम चन्दा आतंकको पराकाष्ठा
बाम गठबन्धनको चन्दा आतंकले पराकाष्ठा नै नाघेको खुलासा भएको छ । संयुक्त बाम गठबन्धनको आर्थिक कमिटिले मुलुकमा परिवर्तन ल्याउन बाम गठबन्धनले ठूलै संघर्ष गरेको जस्ता फूलबुट्टा जडित शब्दहरु खर्चेर पत्र काट्दै आर्थिक सहयोग माग्दै हिंडिरहेका हुन् ।
बाम गठबन्धन बाँकेको आर्थिक समितिले मंसिर २१ गतेको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा ३ जना र प्रदेश सभाका लागि ६ जना उम्मेदवार प्रस्तुत गरेको जनाउँदै ‘निर्वाचन परिचालनका लागि आर्थिक पक्ष पनि महत्वपूर्ण भएकाले आर्थिक सहयोगको अपेक्षा गरिएको छ’ भन्दै पत्र थमाउँदै हिंड्ने गरेका छन् ।
संयोजक किस्मत कुमार कक्षपति र सहसंयोजक ललित कुमार रौनियारले हस्ताक्षर गरी विभिन्न उद्योग तथा प्रतिष्ठानमा पत्र पठाउने गरेको खुलेको हो ।
खुल्लमखुल्ला चन्दा आतंकले आचारसंहिताको समेत बाम गठबन्धनले धज्जी उडाएको छ ।
स्थानीय व्यापारीहरुले आक्रोश समेत पोखेका छन् ।
पछिल्लो समय विभिन्न चन्दा आतंकको मार खेप्न नसकेर उद्योगी व्यापारीहरु विदेश घुम्न निस्केका घटनाहरु सार्वजनिक भइरहँदा दाङ्गमा यो चन्दा आतंक देखिएको हो ।
ढिलो भयो प्रदेश राजधानी तोक्ने काम
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी
निर्वाचन पछि गगन थापा प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन


प्रतिकृया दिनुहोस