राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो ।
राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा आज अपरान्ह त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गर्नुभयो ।
नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो । नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुनेछ ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश जारी
शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश


प्रतिकृया दिनुहोस