• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:४१

म भाषाण गर्न आएकाे हाेईन, आषिश माग्न आएकाे छु : खतिवडा


सुनकोशी, ओखलढुंगा,
पाटीले मलाई टिकेट दिएर चुनावमा पठाएकोले म तपाईहरुसँग आषिश माग्न आएको संघिय संसदका उमेरद्धार रामहरी खतिवडाले बताउनु भएको छ । सुनकोशी गाउपालिकाको मुलखर्कमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । पाँच बर्ष पहिले एमालेले जिते बापत ओखलढुंगाले न विकास पायो न निकास पायो, २०७४ साल देखि यता ओखलढु्ंगामा एउटा मात्र विकासको ठुलो आयोजना आएको छैन । संसद हुदाँ विगटन गर्ने संसदमा जादा चल्न नदिनेहरु पनि भोट माग्न आएका छन । ओलीले पश्चगामी राप्रपा लगायतका दलसँग पनि गठबन्धन गरेका छन । ओलीको भन्दा सबै दृष्टीले यो गठबन्धन अगाडी छ । त्यसैले अब गठबन्धनको विकाल्प छैन भन्नेमा ढुक्का हुनुहोस खतिवडाले बताउनु भयो । म आफैले प्रयास गरेर प्रभावित १३ जिल्लामा समावेश गरेको हो । अहिले वडा वडामा १० औं करोडका विद्यालय भवन बनेका छन । २७ हजार भन्दा बढि निजी घर बनाउन प्रतिघर ३ लाख अनुदान प्राप्त भयो । भुकम्प प्रभावित जिल्लामा छुटेको भए यो सब संभव थिएन ।  संसद जो पनि हुन्छ तर तपाईहरुका कुरा केन्द्रमा काम गर्न सक्ने तपाइको भावना बुझ्न सक्ने लाई चुनेर पठाउनु होस । जनताको वीचमा एउटा कुरा बोल्ने संसदमा जाँदा अर्काे कुरा गरेको साथीहरु देखेका छौ । साथीहरु रेल घरघरमा ग्यास पाइप र पानी जाहाजका कुरा गर्छन । रेल कता गयो घरघरमा ग्यासको पाइप आयो कि आएन पानी जहाज आएको छ कि छैन । मुल्यांकन गर्नु  हाेस, हामी नहुने कुरा बोल्दैनौं बोलेको कुरा पुरा गरेर छाड्छौ । हामीले ६५ बर्ष माथीका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने घोषण गरेका थियौं । यो पटक ६८ माथीका लागि भत्ता दिन शुरु भएको छ । केपी ओली आफैले यसको विरोध गरि रहेका छन । हामीले संकल्प पत्रमा पनि भनेका छाै, ६५ बर्ष माथीका जेष्ठ नागरिक भत्ता आगमी बर्षबाट पुरा गर्नेछौ । सुत्केरी महिलालाई ५ हजार दिने पद्धती शुरु गरेका छौ । २५ जिल्लाबाट विस्तार गरी आगमी बर्ष यो जिल्लामा पनि लागु गराछौ । ७३ बर्ष पुगेका जेष्ठ नागरिक र ३ बर्ष मुनीका बालबालिकाहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाउने काम पुरा गरेर छाड्छौ । यो गठबन्धनलाई संघ र प्रदेश क मा काग्रेस र प्रदेश ख मा गबन्धनका उमेरद्धार माअाेबादी केन्द्रका केन्द्रीय सदस्य  बाबुराम गौतमलाई भोट दिन आग्रह गर्दछु । विचार मिलेर भन्दा पनि देशको संविधान रक्षा गर्न अग्रगमी काग्रेस र माओबादी गठबन्धन गरेर हामी निर्वाचन आएका छौ । खतिवडाले संविधान सभामा निर्वाचित हुदा ५ बर्ष आफुले पाएको सुविधा समेत गाउको विकासमा खर्चेको छु । ओखलढुंगाको विकासका योजनाहरु कि बलबहादुर राईले शुरु गरेँ कि मैले नै गरेको छु । तिनै अधुरा काम पुरा गर्न संकल्प गरेर आएका छौ । गठबन्धनका हामी सबै एक छौ कसैलाई पनि कम नगरी मतदान गर्न आग्रह गर्नु भयो । कमल जी को कुरामा सहमत छु । वडा वडामा कम्तिमा ५० मतका दरले मत बढाउन लग्नु हुन अनुरोध गर्दै खतिवडाले भने तपाईहरु लाग्नु भयो भने हामी ३ हजार ७ सय ५० मत बढाउन सक्छौ ।  मेरो १ भोट हो एक भोटले जितिन्न हामी सबैको मत भए जितिने हो । कार्यक्रममा बोल्दै खतिवडाले सबै जना लागेर जिताउनु भए तपाइहरुका लागि सधैं सेवा तल्लीन रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा गठबन्धनका तर्फबाट प्रदेश ख का उमेरद्धार नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम गौतमले आफु ओखलढुंगाको विकास प्रगतिका लागि नेपाली काग्रेससँग सहकार्य गर्ने बाचा गर्नु भयो ।

प्रतिकृया दिनुहोस

माओबादी नेता बाबुराम गौतम्को यो पत्र जस्ताको तस्तै विचार पृष्ठका लागि 

कृपया यो पत्र सेयर गर्दिनु होला ताकी क। बिप्लप सम्म पुगोस प्रिय बिप्लप, तिन करोड नेपालीका धन्यबाद का पात्र उज्यालोका नायक  जनार्दन शर्मा माथी बम

चितवन ३ का मतदाताको स्मरणका लागि

  क० एउटा उम्मेदवारको पृष्ठभुमि हिन्सा र विध्वंससङ्ग सम्बन्धित छ, अर्कोको निर्माण र विकाससङ्ग। ख० एउटा उम्मेदवार कमाउछन र राज्यलाई कर तिर्छन र

नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट

नेकपा एमालेका प्रदेश क का उमेरद्धार अमिर गुरुङ को फेसबुस्टासबाट जस्ताको तस्तै विचार पृष्टका लागि प्रकाशित  मैले बारम्बार बारम्बार भन्ने गरेको छु