• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:४७

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस

एजेन्सी ,विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूला अनलाइन कारोबार गर्ने कम्पनी चलाएका बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस पहिलो भएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ ।
 
यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ । यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन ।
गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेन  र शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरिहाले । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।
 
यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अब डलरको बढोत्तरी भएको छ । सन १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजन कम्पनी सार्वजनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचिमा परे र त्यतिबेला उनको सम्पत्ति १ अर्ब ६० करोड थियो ।
 

प्रतिकृया दिनुहोस

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७

इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। भूकम्पमा परी इराकका पनि

संकटमा मलेसियामा जुटँे नेपाली

सुनकोशी गाउँ पालिका वडा नं। (६ पारा घर भै बिगत ३ महिना देखि टिचिङ्ग हस्पिटलको सर्जिकल वाड बेड नं २३ उपचार गराइ आर्थिक खर्चको अभावमा छट्पटी रहनु भएकि

संघीय शासन : नाइजेरियाबाट सिक्नुपर्छ नेपालले

अहिले मुलुकमा हुन गइरहेको संघीय निर्वाचन हाम्रा लागि पहिलो प्रयोग हो। यसको सफलता र सकारात्मक प्रभाव पर्न सके देशले काँचुली फेर्न सक्छ। संघीयतामा