शिक्षा विद्येयक संसदमा प्रस्तुत : दिपावाली गर्न सभापति थापाको आह्वान
६ भदौ, २०८२
सुनकोशी अनलाइन
संसदमा शिक्षा विद्येयक पेश गर्दै प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले दिपावाली मनाउने आह्वान गरेका छन । विद्येयकमा रहेका महत्पुर्ण विषय प्रस्तुत गर्दै सबै पक्षका मागलाई मध्येनजर गरी ऐतिहासिक दस्तावेजका रुपमा नेपालको शैक्षिक क्षेत्रमा आमुल परिर्वंतन गर्ने शिक्षा विद्येयक आएकोले नेपालीहरुले दिपावाली मनाउनु पर्नेमा जोड दिएका हुन ।
हिजो मात्र समितिबाट पारित भएको शिक्षा विद्येयक सभापतिले सदनमा प्रस्तुत गर्दै सरोकारवाला सबै पक्षसँग छलफल गरेर समितिबाट विधेयक पास भएको सभापति थापाले बताए ।
‘२०२८ सालको शिक्षा ऐन खारेज गर्नेगरी ५४ वर्षपछि बन्न लागेको विधेयक भएकाले विद्यालय शिक्षामा नवीनता दिने कोसिस गरिएको छ,’ सभापति थापाले भने ।
ठूलै दबाब र खतरा मोलेर सरोकारवालको मागलाई सम्बोधन गरिएको पनि उनले दाबी गरे । विद्येयक रोक्न स्वर्थ समुहले समितिलाई निरन्तर दवाल दिदै आएको बताइएको छ । सदनमा प्रस्तुत भएको विद्येयक सहज रुपमा पारित भई ऐनका रुपमा आउन नदिन सबै पक्ष लागेको भएता पनि जनप्रतिनिधिले आम विद्यार्थी र अभिभावक र सरोकारलाई केन्द्रमा राखेर अगाडी बढाउनु पर्ने विद्यार्थीहरुको जोड रहेको छ । समितिबाट विद्येयक पास भएपछि सरोकारवाला शिक्षक महासंघ र निजी विद्यालय सडकमा छन् ।
शिक्षक महासंघले विद्येयकको प्रावधानमा असन्तुष्टि जनाउँदै शुक्रबार नै आन्दोलनको घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पनि नसच्याए गत चैतमा काठमाडौंमा गरेको २९ दिने आन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ । निजी विद्यालय सञ्चालहरू पनि बिहीबारदेखि नै सडक आन्दोलनमा उत्रिएका छन् ।विहिवार माइतीघरमा प्रदर्शन गरेका निजी विद्यालयले शुक्रबार संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउने प्रावधान र पूर्ण छात्रवृत्तिबाट आवास सुविधा हटाउन उनीहरूले माग गरेका छन् ।
माओवादी, रास्वपा र राप्रपाको फरक मतसहित विद्यालय शिक्षा विधेयक विहिवार समितिबाट पारित गरिएको थियो । विधेयक पारित भएपछि सरोकारवाला निकाय आन्दोलित भएका हुन् । अब विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा पुग्नेछ ।
ढिलो भयो प्रदेश राजधानी तोक्ने काम
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी
निर्वाचन पछि गगन थापा प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पुताले पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका छन् । हिमालयन


प्रतिकृया दिनुहोस