सुनकोशीमा १६ वटा शिक्षक अनुदान कोटा वितरण
सुनकोशी गाउपालिकाले विषयगत शिक्षक अभाव भएका प्रस्तावित विद्यालयका लागि १६ वटा शिक्षक अनुदान कोटा वितरण गरेको छ ।
कार्यपालिका बैठकले संघिय सरकार मार्फत उपलब्ध गराएको माध्यामिक तहका १४ र निम्न माध्यामिक तहका २ वटा शिक्षक अनुदान कोटा वितरण गरेको हो ।
सरकारले प्रस्तावित विद्यालयका लागि न्युनतम ३ वटा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक दरबन्दी व्यवस्थापन गर्ने निति बनाएको भएता पनि सुनकोशी गाउपालिकामा कोटा प्राप्त नहुदाँ विद्यालयहरु निजीश्रोतबाट शिक्षक व्यवस्थापन गर्न बाध्य भएका थिए ।
विद्यार्थी संख्या अधिक भएका कतिपय विद्यालयहरुमा अझै पनि समस्या रहेको भएता पनि कार्यापालिकाले संघिय सरकारको अनुदान शिक्षक व्यवस्थापन निर्देशिका अनुसार नै शुन्य दरबन्दी भएका विद्यालयलाई ३ वटा, १ वटा भएकालाई २ वटा र २ वटा भएकालाई १ थप गरेर ३ तीन वटा प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनु भयो ।
निजी श्रोतबाट शिक्षक व्यवस्थापन गरि रहेका विद्यालयहरुलाई शिक्षक शिक्षक अनुदानले केही मात्रमा राहत मिलेकाले शैक्षिक गुणस्तर सुधार सहयोग पुग्ने देखिएको छ । सुनकोशीमा संघिय सरकारको निति अनुरुप न्युन विद्यार्थी भएका विद्यालयहरुको दरवन्दी मिलान र कटौती गर्ने कार्य भने थप जटिल बन्दै गएको छ ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी


प्रतिकृया दिनुहोस