सुनकोशीमा ३ बर्षमा २५ हजार बढी रोजगार
ओखलढुंगा, २४ श्रावण २०८२
सुनकोशी अनलाइन
सुनकोशी गाउपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले २५ हजार ६ सय ५४ दिन रोजगारी प्रदान गरेको देखिएको छ । आर्थिक बर्ष २०७९/८० देखि २०८१/८२ सम्म स्थानिय वडाहरुले व्यवस्थापन गर्ने विकास निर्माणको काममा २५ हजार ६ सय २४ दिन बराबरको रोजगारी प्राप्त गरेका हुन ।
गाउपालिकामा सुचिकृत भएका बेरोजगार श्रमिकहरु मध्ये काममा सग्लग्न भएका गाउपालिका विभिन्न वडाले सञ्चालन गरेका योजनाहरुमा काम गरेवापत १ करोड ८२ लाख १४ हजार ३ चालिस ज्याल प्राप्त गरेको पाइएको छ । यसरी श्रमिकहरुले रोजगारी प्राप्त गरेको भएता पनि यसको दिगोपनका लागि अवश्यक कदम चाल्न महालेखा परीक्षक प्रतिवेदनमा सुझाव पेश गरेका छन ।
सुनकोशीमा सञ्चालन भएको यस कार्यक्रमले ग्रामिण सडक सुधार सञ्चालनको लागि महत्वपुर्ण भुमिका निर्माण गरेको प्रशासकिय प्रमुख रामकुमार कार्की बताउनु भयो ।
बार्षिक रुपमा १ हजार भन्दा बढि कामदारले सुचिकृत हुने गरेको भएता पनि श्रोतको सीमाका कारण सबैलाई माग अनुसार काम दिन नसकिएको बताइएको छ ।
यसरी बार्षिक औषात १०० दिन सम्मको रोजगारी दिने यो कार्यक्रमबाट खटिएका श्रमिकले गाउपालिकाको ४ हजार ७ सय ९१ घनमिटर सडक सोलिङ गरेका छन ।
स्थानिय प्रविधि र श्रमिकको प्रयोग गरी आयोजनाले गाउपालिकाको साझेदारीमा १० वटै वडाका जोखिमयुक्त सडकको पहिचाहन गरी अफ्रठयारोलाई सहज बनाउन सडक स्तरोन्ति गरेका हुन ।

कार्यक्रम अन्र्तगत सडक पहिरो नियान्त्रणका लागि ५ सय ४४ घनमिटर ग्याविन जाली भर्ने, पहिरो हटाउने तथा सडक पञ्छाउने १० हजार ४ सय ७१ घनमिटर र गोरेटो बाटो निर्माण तथा सुधार १० हजार ८८ घनमिटर गरेको प्रधानमन्त्री रोजगार संयोजक नागेन्द्र चौधरीले जानकारी दिनु भयो ।
यस कार्यक्रम अन्र्तगत जोखिमयुक्त सडक सुधार गर्न ५० मिटर सडक समेत ढलान गरेको बताइएको छ । सडक निर्माण र सुधारका लागि गाउपालिका अध्यक्ष कमल तामाङले प्रथामिकता दिएका कारण नै जिल्ला भरी सञ्चालनमा रहेका ग्रामिण सडक सुनकोशीको सडक सहज रहेका सरोकारवालाहरुले बताउने गरेका छन ।
बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने
ओखलढुंगा–ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु
राष्ट्रपति भण्डारी युएई प्रस्थान
काठमाडौँ (राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी


प्रतिकृया दिनुहोस