• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३७

समुदायले अनुगमन निरिक्षण गरेर त्रुटी औल्याई दिए गुणस्तरीय काम हुन्छ  : प्रमुख पञ्जियार 

मुलक नयाँ संरचना गएसगै जिल्लामा प्रदेश सरकार मातहात रहने गरी पुर्वधार विकास कार्यालय स्थापना गरेर पुल र सडक निर्माणका कार्यहरु गरि रहेको छ । यसक्रममा कार्यालयले गरिरहेको कामको शिलसिलामा कार्यलय प्रमुख बरिष्ट जिल्ला इन्जीनियर रविचन्द्र पञ्जीयारसँग कार्यालयले गरिरहेको कामको विषयमा गरिएको कुराकानी .....................


यहाँलाई स्वगत छ, सुनकोशी अनलाइनमा 
धन्यवाद । 


यो पुर्वधार विकास कार्यालय नयाँ रहेको छ । नागरिकलाई यस्ले गर्ने कामका विषयमा अन्योल छ नि ?


जिल्लाको बार्षिक कामका लागि काम गरिरहेका छौ । यस कार्यालयले दुई जिल्लाको झोलुङ्गे पुल, सडक र सडक पुलका काम गर्दछ । यसले प्रदेशस्तरिय झोलुुङ्गे पुल, सडक र सडक पुलको काम गर्नेछौं । यस कार्यालयको सोलुखुम्बु र ओखलढुंगा गरि दुई जिल्ला कार्यक्षेत्र रहेको छ । पुर्वधारका अन्य काम हामी गर्दैनौं । सम्बन्धित निकायबाट भएका छन ।


यो बर्ष ओखलढुंगाको विकासका लागि के के काम भई रहेका छन ?


हामी बर्सेनी सालवसाली योजनाको काम गर्ने र बहुबर्षि२य योजनाका काम गरि रहेका छौ । हामीले ५३ वटा सालवसाली योजना छन भने बहुबर्षिय योजनाका काम पनि भई रहेका छन । बहुबर्षिय योजनामा २ वटा सडक र २ वटा पुल रहेका छन । भने यस बर्ष थप २ वटा पुल निर्माणका लागि स्वीकृत भएको छ । केही दिनमा ठेक्का निकालेर निर्माणको प्रक्रिया अगाडी बडाउने तयारी छ । 


यस कार्यालयमा ठेक्का संम्झौत्ता भएका क्रोनिक काम कति छन । पहुँच प्रयोग गरेर काम नगर्ने ठेक्केदारहरु कति रहेका छन ?


कार्यालयको तर्फबाट मैले नेतृत्व गर्दै गर्दा २ वटा पुल र सडकका कामले गति लिन सकेको थिएन । तर मैले नियमित रुपमा फलोअप गरेर अहिले प्रगति भईरहेका छन । ति पुलहरु यसै बर्ष सम्पन्न हुन्छन । अव मिलानचोक निसंख्य सडक र ठाडे जन्तरखानी सडकको काममा जिम्मेवारी लिएका काष्ठमण्डप र कान्छाराम निर्माण सेवाको कामलाई अगाडी बढाउन प्रयास भई रहेको छ । निर्माण व्यवसायीहरुको राजनैनितक पहँुच प्रयोग गरेर काम नगर्न खोजे पनि मैले निर्मम भएर आफु रहे सम्म काम गराउन कुनै कसुर बाकी नराख्ने गरी काम गरि रहेको छु । यसै बर्ष काम पुरा गराउने लक्ष्य रहको छ । मलाई कसैले पनि काम छुट दिनुप¥यो भन्ने कुरा आएको छैन । 


अहिले पनि जिल्लाका कतिपय स्थानिय तहका नागरिक ३ जिल्ला घुमेर सदरमुकाम आवतजावत बाध्यता रहेको छ नि ?


स्थानिय तह जोड्ने सडक भनेर त्यस किसिमका सडक योजना छैन । तर पनि हामीले निर्माण गरेका सडक खण्डले सहयोग त पु¥याउने देखिन्छ । हामीले जिम्मेवारी लिएका कामले नि सहयोग गरि रहेको छ । हामी पैहिरे खोला मोलङ्ग र सिस्नेखोला चनौटे पुल निर्माण यसै बर्षबाट ठेक्का लगाएर काम पुरा गराउछौं । हामी काम दु्रतगतिमा काम गराउने तयारी गरि रहेका छौं । 


कामको गुणस्तरका विषयमा पनि कतिपय गुणासा आएका छन कसरी गुणस्तरिय कामको निश्चित गर्नुहुन्छ ?


हामीले निर्माण स्थलमा नै सार्वजनिक होडिङ्ग बोर्ड अनिवार्य गरेका छौ । योजनाका स्टीमेट लगायतका सबै कागजात निर्माण स्थलमा स्थानियको पहँुचमा हेर्न देख्न पाउने गरी राख्न लगाएका छौ । निर्माणधिन क्षेत्रका नागरिकले तोकिएको गुणस्तरको काम भएको छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने र खबरदारी गर्नु पर्दछ । हामीले सकेको अनुगमन गरेर काम गराई रहेका छौ । समुदायले अनुगमन निरिक्षण गरेर हामीलाई  त्रुटी  औल्याई दिए गुणस्तर सुनिश्चित गर्न सहज हुन्छ । भने कतिपय ठाउमा स्थानियले असहयोग गरेका कारण पनि काममा समस्या आएको छ । समुदाय सकारात्मक भैदिए काममा थप चुस्तदुरुस्त गराउन सहज हुनेछ । 

प्रतिकृया दिनुहोस

मैले भने पनि नभने पनि ओखलढुंगेली मतादाता कंग्रेसलाई भोट हाल्न आँतुर छन ः प्रमुख जयबहादुर श्रेष्ठ

भनिन्छ, राजनिति सीधा रेखामा मात्र अगाडी बढ्ने विषय होइन । त्यसैले यसको अंकगणित कहिले पनि मिल्दैन । यही सत्य सावित भएको छ ७२ बर्षिय जयबहादुर श्रेष्ठको

जनयुद्धकालिन मुद्धालाई राजनैतिक मुद्धाको रुपमा स्वीकार गर्न एमाले सहमत हुनैपर्छ ः नेता बाबुराम

बाबुराम गौतम्  पोलिटब्यूरो सदस्य एवं ओखलढुंगा इन्चार्ज, माओबादी केन्द्र ओखलढुंगा  माहदेव जनता मावि हरिवन सर्लाहीमा नौ कक्षामा पढ्दै गरेका

“बिसौँ वर्ष जितेर माखो नमार्ने नामको ह्याभीवेट म बन्नु छैन ”– केशव थापा

इलाम जिल्ला निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका नेपाली कांग्रेस इलामका पूर्व सभापति