जनयुद्धकालिन मुद्धालाई राजनैतिक मुद्धाको रुपमा स्वीकार गर्न एमाले सहमत हुनैपर्छ ः नेता बाबुराम
बाबुराम गौतम्
पोलिटब्यूरो सदस्य एवं ओखलढुंगा इन्चार्ज, माओबादी केन्द्र ओखलढुंगा
माहदेव जनता मावि हरिवन सर्लाहीमा नौ कक्षामा पढ्दै गरेका गौतमले २०४६ सालको आन्दोलनसँगै आफुलाई बामपन्थी राजनितिमा समाहित गरेका थिए । शुरु देखि नै माओबादीको क्रान्तिकारी धारमा उभिएका उनी २०५२ साल देखि २०६३ सम्म भुमिगत जीवनका साथै २ बर्ष ६ महिना जेल जीवन विताएका थिए । २०४९ सालको स्थानिय निर्वाचनमा कुइभिर पोकली अभियानमा सकृय उनि २०५२ देखि २०६४ सम्म मजदुर संगठनको केन्द्रिय सदस्य, महासचिव हुदै उपाध्यक्षको जिम्मेवारी समाल्न सफल भए । २०६३ मा नेकपा माओबादी मोरङ्ग, सुनसरी र झापा इन्चार्ज २०६५ मा काठमाण्डौ जिल्ला इन्चार्ज २०७० मा ओखलढुंगा पाटी अध्यक्षको जिम्मेवारी समालेका थिए । पाटी पोलिटव्यूरो सदस्यको जिम्मेवारी समालेका गौतमले २०१० मा एफ. टि. ओको कार्यक्रम सहभागी हुन पेरुको राजधानी लीमा भएको औपचारीक कार्यक्रममा कम्यूनिष्ट नेता गुञ्जालोको रिहाइको माग गर्दा पेरु सरकारले गिराफ्तारीको प्रयास गरेको थियो । स्वच्छ छवि भएका स्पष्ट हक्की स्वभावका उनि स्पष्ट र निरडर वक्ताका रुपमा आमनागरिकको वीचमा परिचित छन । उनै गौतमसँग सुनकोशी अलाइनले गरेको कुराकानी ः
यहाँहरु निर्वाचनमा व्यस्त हुनुहुन्छ कसरी बढेका छन निर्वाचन गतिविधि ?
हामी बामगठबन्दका तर्फबाट साझा उमेरद्धारका साथ चुनावी अभियानमा छौ । अहिलेको नागरिकको माग बमोजीमको बामगठबन्दनको स्थानिय तहको मतादेश, हामी सबैको मेहनत र आम कार्यकर्ताको सकृयताले चुनाव जित्ने निश्चित छ । ओखलढुंगा जिल्लााई हामी यो निर्वाचनमा बामपन्थीको किल्ला बनाउने सुनिश्चित गरेर लागेका छौं ।
तपाई पार्टीको सर्वसहमत उमेरद्धार हुदाँ हुदै गठबन्दका कारण चुनवा लड्न पाउनु भएन नि ?
हो म आफै पनि माओबादी केन्द्रको सर्वसहमत उमेरद्धार हो । म प्रति आम जनमानसमा एक किसिमको माया र सदभाव हुदाँ हुदै पनि बामगठबन्दनको वृहतहितका निमित्त हाम्रो पाटी नेतृत्वले आम नेपाली जनताको हितका खातिर यज्ञराज सुनुवारलाई समर्थन गर्न आग्रह गरेका कारण गठबन्दनका साझा उमेरद्धार सुनुवार, अमिर गुरुङ्ग र मोहन खड्कालाई समर्थन गर्दै आफुले राजनैतिक त्याग गरेको हुँ ।
बामपन्थि गठबन्दनका कारण व्यापक राजनैतिक धु्रविकरण भयो भन्ने छ नि ?
निश्चय पनि समयको माग र गतिसँगै हाम्रा नेताहरुले जे निर्णय लिनु भएको छ यससँगै लोकतान्त्रिक शक्तिहरुका वीचमा पनि धु्रविकरण गरेको छ । यसले राजनैतिक स्थायित्वको बाटो सुनिश्चत गरेको भन्न सकिन्छ । बामगठबन्दनका कारण नै मुलुकले अब स्थायी सरकार पाउँछ । समृद्धि र विकासका लागि यसले दिएको दुरगामी प्रभाव भोलीका दिनमा हामी देख्दै जानेछौं ।
नेकपा एमाले र माओबादी केन्द्रका वीचमा एकिकरण हुन्छ ? हुदैन कि भन्ने आशंकाहरु पनि छन नि ?
अब यी बामपाटी वीचको एकता कसैले रोकेर रोक्न सकिन्न । प्रसस्त आधारहरु बन्दै गएका छन । हाम्रा नेताहरु अब पछि हट्न सक्ने अवस्थामा छैनन । तथापी एमाले र हाम्रा वीचमा थुप्रै असमझदारीहरु थिए र छन पनि त्यसको व्यवस्थापन गर्न दुबै पक्ष लचकदार भएर अगाडी जानुपर्ने अवस्था छ । आम नेपालीको चाहना अनुरुप बामपन्थीहरु एक भएको देख्ने सपना अब पुरा भएरै छाड्छ ।
तपाईहरु माओबादी केन्द्र र नेकपा एमालेका वीचमा कहाँनिर बढि समस्य छ ?
पाटी एकता विचार र सिद्धान्तको साझा धारण बन्नेमा कही समस्या छैन । केही हदसम्म जनयुद्धका सवालमा एमाले र हामी विच केही समस्य देखिएको छ । यसको समधान राजनैतिकढंगबाट हुन्छ । जनयुद्धकालिन मुद्धालाई राजनैतिक मुद्धाको रुपमा स्वीकार गर्न एमाले सहमत नहुदाँ समस्य देखिएको हो । यी मुद्धाको सवाल एमालेले ग्रहण गर्नु पर्दछ । मुलुकमा आएको लोकतान्त्रिक संघिय गणतन्त्र जनयुद्धको आडमा प्राप्त भएको हो । सबै जातजाति, भाषा र धर्मका नागरिकहरुको समवेशीकारण हुने गरी संविधान जारी गर्ने महान कार्य यसैको आडमा भएको छ । युद्धाका क्रममा भएको घटनाको राजनैतिक जिम्मेवारी नलिएर समधान असंभव छ । अब एमालेले यी द्धोन्दाकालीन मुद्धालाई राजनैतिक मुद्धाका रुपमा अगाडी बढाउनु नै पर्दछ ।
द्धोन्दकालिन मुद्धाका विषयको समधान कसरी गर्नुहुन्छ ?
हामीले इतिहासलाई पनि फर्केर हेर्नुपर्दछ । नेपाली काग्रेसले २०१७ साल देखि २०४६ साल सम्म र एमालेले २०२८ साल यता घटाएका घटनाहरुको जसरी राजनैतिक समधान खोजियो त्यसै गरी २०५२ फाल्गुण १ गते देखि २०६३ मंसिर ५ सम्मका सबै द्धोन्दकालिन मुद्धा राजनैतिक मुद्धा नै हुन ति मुद्धालाई राजनैतिक तबरले व्यवस्थापन गरेपछि समधान संभव छ अबको निकास भनेको पनि त्यही नै हो । एमाले अध्यक्ष केपी ओलीले झापा विद्रोहका क्रममा १७ जनाको टाउको काटिएको मुद्धा २०४६ सालपछि राजनैतिक रुपमा नै फिर्ता गरिएको इतिहास हाम्रा सामु छ । जनयुद्धका क्रममा पनि भएका घटनाहरुलाई कानुनी हैन राजनैतिक बाटोबाट समधान खोजिनु पर्दछ ।
तपाई यति भन्दा भन्दै पनि बालकृष्ण ढुंगेलले अन्तत जेल जानु पर्ने बाध्यत्मक अवस्था आयो नि ?
हो बालकृष्णको गिरफ्तारीले हामीहरुलाई आन्दोलित बनाएको छ । हामी निर्वाचनको संघिन घडीमा छौँ । यो हाम्रा नेताहरुको बेइमानी र हाम्रो परम्पराबादी न्यायलयका कारण समस्य आएको हो । बालकृष्ण जि को छिट्टै रिहाइ हुनु पर्दछ । हामीले विज्ञप्ती मार्फत आग्रह गरेका छौ । १ घण्टे चक्का जामबाट विरोधका कार्यक्रम अगाडी बढाएका छौ । यसका लागि हामी गठबन्दनका नेताहरुलाई घच्घचाउने र विरोध कार्यक्रमहरु पनि निरन्तर गरि रहेको छौ । सर्वोच्चको फैसलामा कानुनी त्रुटी पनि छन त्यसलाई सच्याउनुका लागि हामी कानुनी उपचारमा पनि जान्छौ । मृतकको लासै नै नभेटिएको अवस्थामा पोष्टमाटम रिर्पोटलाई आधार मानेर, एकतर्फी सुनुवाई गरेर गरेको फैसला पनि सच्चिन आवश्यक छ । बाल कृष्ण जी निर्दोष सावित हुनेमा कुनै दोविधा छैन । यसरी द्धन्डित गर्दै जाने हो भने कोही अछुतो रहने अवस्था हुन्न् । बालकृष्ण जीको रिहाई र जनयुद्धका मुद्धा व्यवस्थापन नभए सम्म स्थिरता असंभव छ ।
तपाईहरुको माआबादी केन्द्रले यो निर्वाचनमा संघको कति सिट सुनिश्चित गर्छ भन्ने विश्वास लिनु भएको छ ?
असान्न निर्वाचनमा दुइ पाटी वीचको एकताले निश्चिय पनि नागरिक र कार्यकर्ता तहमा आशाको सञ्चार भएको छ । संघमा हामीले मात्र प्रत्यक्ष तर्फको ५० सिट भन्दा बढि जित्ने निश्चित छ । यसले एउटै कम्युनिष्ट केन्द्र बनाउने आधार तय गरेको छ तपाइले छिट्टै देख्न सक्नु हन्छ ।
मैले भने पनि नभने पनि ओखलढुंगेली मतादाता कंग्रेसलाई भोट हाल्न आँतुर छन ः प्रमुख जयबहादुर श्रेष्ठ
भनिन्छ, राजनिति सीधा रेखामा मात्र अगाडी बढ्ने विषय होइन । त्यसैले यसको अंकगणित कहिले पनि मिल्दैन । यही सत्य सावित भएको छ ७२ बर्षिय जयबहादुर श्रेष्ठको
“बिसौँ वर्ष जितेर माखो नमार्ने नामको ह्याभीवेट म बन्नु छैन ”– केशव थापा
इलाम जिल्ला निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका नेपाली कांग्रेस इलामका पूर्व सभापति


प्रतिकृया दिनुहोस