मैले भने पनि नभने पनि ओखलढुंगेली मतादाता कंग्रेसलाई भोट हाल्न आँतुर छन ः प्रमुख जयबहादुर श्रेष्ठ
भनिन्छ, राजनिति सीधा रेखामा मात्र अगाडी बढ्ने विषय होइन । त्यसैले यसको अंकगणित कहिले पनि मिल्दैन । यही सत्य सावित भएको छ ७२ बर्षिय जयबहादुर श्रेष्ठको जिवनमा । २१ वर्षको उमेरमा सिस्नेरी गाउ पञ्चायतको वडा अध्यक्ष वनेका जयबहादुर थुप्रै आरोह अवरोह पार गरेपछि ५१ वर्ष पछि जिल्ला प्रमुख भन्न सफल भएका छन । २०२३ सालमा सिस्नेरी गाउपञ्चायतको वडा अध्यक्ष बनेपछि निरन्तरको संघर्षबाट पटक÷पटक उपप्रधान पञ्च, प्रधानपञ्च हुदै २०४९ सालमा बुहुदलिय व्यवस्थाको वडा अध्यक्ष हुदै २०५४ सालमा सिस्नेरी गाविस अध्यक्ष बन्न सफल भएका थिए । २०५५ सालमा नेपाली काग्रेस प्रवेश गरेर विभिन्न जिम्मेवारी समाल्न सफल उनले १९ बर्ष नवित्तै सुनकोशी गाउपालिका वडा नं. ३ बाट वडा सदस्य निर्वाचित हुन सफल भए । उनै जयबहादुर नेपालको संविधान २०७२ अनुसार ५ बर्षे कार्यकालको लागि लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जिल्ला प्रमुख हुन सफल भएका छन । सधै विकासलागि मरिमेट्ने, उनले पंञ्चायत कालमा मलोङ्ग एकवार गोरेटोबाट खनेर भारी बोक्ने भरिया र गाउबस्ति देखि राष्ट्रिय चर्चा कमाएका उनी अहिले विकास निर्माणका लागि थिति बसाल्न तल्लीन रहने बताउछन ।
जिल्ला समन्वय समितिमा तपाई आउनु भएको कति हो ?
म निर्वाचित भएको दुइ महिना मात्र भएको छ । स्थानिय तह सञ्चालन ऐन भर्खरै जारी भएको छ । हाम्रो काम कर्तव्यका विषयमा देशव्यापि रुपमा कतिपय अन्योल छ यसका विचमा समन्वय समितिको काम समन्वय गर्ने हो । जिल्लाका समग्र विकासका लागि समन्वयकारी भुमिका निर्वाह गर्न आफु तयार रहेको छु ।
निर्वाचित भइ सकेपछि अहिले के गर्दै हुनुहुन्छ र जिल्ला समन्वय समितिको अवस्था के पाउँनु भएको छ ?
विषेश गरेर कसरी काम गर्ने भन्ने नयाँ संविधान जारी भई सके पछि आवश्यक ऐन कानुनको तर्जुमा हुन नसक्दा निश्चित हुन सकेको छैन । तथापी संधिया मामिला तथा स्थानिय विकास मन्त्रलायको साझेदारीमा विभिन्न गतिविधिहरुको निर्धारण गरिएको छ । अहिले संविधान कार्यन्वयन पेचिलो विषय भएको छ । अहिले केन्द्रिय संसद र प्रदेश संसदको निर्वाचनको पुर्वसंघारमा छौं । निर्वाचन पछि जिल्ला समन्वय समितिले आफ्नो जिम्मेवारीलाई निर्भित्ताका साथ सम्पन्न गर्दै जान्छौ ।
तपाईले जिल्ला समन्वय समितिलाई कसरी चुस्त दुरुत र सकृय बनाउँने योजना रहेको छ ?
श्रोतको न्यायोचित वितरण र जिल्लाको समग्र विकास हुन नसकेका कारण नागरिकहरुका एकखालको असन्तुष्टीहरु दिनप्रतिदिन बढि रहेका छन् । नयाँ सविधान पछि तिन तहको सरकारको संवैधानिक व्यवस्था छ । अबको निर्वाचन पछि स्थानिय तह, प्रदेश तह र संधिय तहको निर्वाचित सरकार नागरिकले पाउँछन । स्थानिय तह र प्रदेश तथा केन्द्रिय सरकारको समन्वयको काम अब जिल्ला विकास समितिले गर्नुपर्ने हुन्छ । त्यसलाई म कमि हुन दिन जस्ले गर्दा समग्र विकासले गति लिन्छ । नागरिकले सर्वसुलभ, दिगो र भरपर्दाे विकास अगाडी बढाउ सकुन । त्यसमा जिल्ला समन्वय समितिको रुपमा हामी समन्वय गर्दै अगाडी बढ्छौ ।
जिल्लाको विकास र समृद्धिका लागि राजनैतिक समन्वय कसरी हुन्छ ?
म नेपाली काग्रेसको तर्फबाट समितिको प्रमुख निर्वाचित भएको हुँ । हाम्रो दलको पनि आफ्नो कार्यक्रम र योजना छन । नेपाली काग्रेसको भुमिका भनेको परिर्वतनको नेतृत्व गर्दै समन्वय, साझेदारी र समझदारीमा जनताका आवश्यकता र अधिकारलाई संस्थागत गर्ने काम हो । यसलाई आत्मसाथ गरी म निर्वाचित भए पछि नागरिकका आवश्यकताहरुलाई आत्साथ गर्दै आगमी दिनमा क्रियाशिल सबै राजनैतिक दलहरुले लोकतन्त्रको मुल्य मान्यता र मर्मको विपरित नगई काम गर्ने वतावरण बन्छ भन्नेमा ढुक्का छु ।
विपक्षी राजनैतिक दलहरुले तपाई निर्वाचन आचरसँहिता उलंघन गर्नु भो भन्ने आरोप लगाएका छन नि ?
त्यो उहाँहरुको कुरा हो, राजनित हो, के के हो ? । ओखलढुंगेली मतादाताले नेपाली काग्रेसलाई सधै माया गरेका छन मैले भने पनि नभने पनि मतादाताले नेपाली काग्रेसलाई नै रुचाउँछन । मैले केही नगरे पनि नेपाली काग्रेसले जित्छ । यतिखेर म सर्वाजनिक जिम्मेवारीमा छु निर्वाचनमा भोट माग्ने भन्दा पनि आफ्ना नियमित काममा व्यवस्त रहेको बेलामा उहाँहरुले गलत प्रचार गर्नु भएको हो । यो गलत कुरा जबरजस्ता स्थापित गर्न खोजे पनि नागरिकहरु सचेत छन । फैसला उनिहरुले नै गर्छन ।
तपाई जिल्ला प्रमुख भएको अनुभुति नागरिकले कहिले देखि गर्ने छन ?
आसन्न निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यन्वयनको दिशामा अगाडी बढ्छ । हामी सबै नियमित कार्यमा अगाडी बढ्छौं । नियमिति गतिविधि शुरु भएपछि जिल्ला समन्वय समितिको संबैधानिक जिम्मेवारी पुरा गर्ने सवालमा हामी सफल हुन्छौ । हामीले नै नेपाली जनतालाई अनुभुति दिलाउने हो दिलाउँछौ, दिलाउछौ ।
जनयुद्धकालिन मुद्धालाई राजनैतिक मुद्धाको रुपमा स्वीकार गर्न एमाले सहमत हुनैपर्छ ः नेता बाबुराम
बाबुराम गौतम् पोलिटब्यूरो सदस्य एवं ओखलढुंगा इन्चार्ज, माओबादी केन्द्र ओखलढुंगा माहदेव जनता मावि हरिवन सर्लाहीमा नौ कक्षामा पढ्दै गरेका
“बिसौँ वर्ष जितेर माखो नमार्ने नामको ह्याभीवेट म बन्नु छैन ”– केशव थापा
इलाम जिल्ला निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका नेपाली कांग्रेस इलामका पूर्व सभापति


प्रतिकृया दिनुहोस