मेगा बैंकको लाभांश ७.८५ प्रतिशत प्रस्ताव
काठमाडौँ–मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई ७.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया नगद लाभांश दिन लागेको हो । यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ ।
तत्कालीन नेपाल लेखामान बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोषहरुमा सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको बैंकले जनाएको छ।
बैंक सञ्चालक समिति बैठकले निर्णय गरेको उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको जनाएको छ। लाभांश वितरणलगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभाले अनुमोदन गर्ने छ
मेगा बैंकको हालको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ छ। प्रस्तावित बोनसपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ । मेगा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई ४० करोड २५ लाख ३ हजार रुपैयाँ कायम भएको बैंकले जनाएको छ।
बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन दिएको छ। बोर्डले सोमबार
मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने
आउँदो मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’
कृषिमा लोकतान्त्रीक र बाम गठबन्दनका दलहरुको घोषण
आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दलहरुले कृषि क्षेत्रमा महत्वकाङ्क्षी प्रतिबद्धता जनाएका छन् । मुख्य दलहरुले कृषि


प्रतिकृया दिनुहोस