• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०९:५७

बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई  शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन दिएको छ। बोर्डले सोमबार निर्देशन जारी गर्दै शेयर बजारलाई उतार चढाब ल्याउने सूचना सम्प्रेषण गर्न रोक लगाएको हो। 


 
बोर्डले शेयर दलाल र मर्चेन्ट बैंकरलाई निर्देशन जारी गर्दै ुबोल्नु कडाइ गरेको हो। 
 
बोर्डले ब्यवसायिक मर्यादा याद गराउँदै भनेको छ( बोर्डको निर्देशन नमानेमा कानुन बमोजिम कारवाही हुनेछ।
 
विगत केही समयदेखि पत्रपत्रिका तथा अनलाइनहरुमार्फत शेयर मूल्य घटबढ हुँदैछ भन्ने प्रकारका अभिब्यक्ति आएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउँदै अब आइन्दा बजार थपघटका बारेमा बोले कारवाही गर्ने जनाएको हो। 
 
केही समययता बजार थपघट हुँदा बजार किन बढ्नु पर्छ वा घट्नु पर्छ भन्दै ब्रोकर तथा अन्य सरोकारवालाहरुले आफ्नो सार्बजनिक धारणा राख्दै आएका थिए। उनीहरुलाई नबोल्न बोर्डले निर्देशन दिएको हो।
 
बोर्डले बजार बढ्दैरघट्दै बारे ब्रोकर तथा मर्चेन्ट बैकरसम्बन्ध ब्यक्तिहरुले बोलेमा धितोपत्र सम्बन्धि एन,२०६३को दफा ९७ ग बमोजिम कारबाही हुने चेतावनी दिएको छ। 

धितोपत्र बोर्डले ऐनको दफा ९७ ग बमोजिम कारवाही गर्ने जनाएको छ। यो दफमा यस्तो छ प्रावधान।

प्रतिकृया दिनुहोस

मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने

आउँदो मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’

कृषिमा लोकतान्त्रीक र बाम गठबन्दनका दलहरुको घोषण

आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दलहरुले कृषि क्षेत्रमा महत्वकाङ्क्षी प्रतिबद्धता जनाएका छन् । मुख्य दलहरुले कृषि

सुनको भाउ १ सयले घट्यो

सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार