कृषिमा लोकतान्त्रीक र बाम गठबन्दनका दलहरुको घोषण
आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दलहरुले कृषि क्षेत्रमा महत्वकाङ्क्षी प्रतिबद्धता जनाएका छन् । मुख्य दलहरुले कृषि क्षेत्रलाई व्यापक परिवर्तन गर्ने प्रतिबद्वता घोषणापत्रमा गरेका छन् ।
लोकतान्त्रिक गठबन्धन तथा वाम गठबन्धनका चुनावी घोषणापत्रमा कृषि क्षेत्रमा प्राय एकै किसिमका प्रतिबद्धता रहेको पाइन्छ ।
के-के छन् त कृषि क्षेत्रमा दलहरुका चुनावी प्रतिबद्धता ?
१) जमिनको आधुनिकिकरण र वैज्ञानकि भूमिसुधार
नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा जमिनको आधुनिकिरण गर्दै विज्ञहरुको सल्लाह लिएर कृषिमा भू–उपयोग नीति लागु गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणापत्रमा पनि दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागु गर्ने र भू–उपयोग नीति तथा योजना अनुसार जमिनको उपयोग गर्ने प्रतिबद्धता रहेको छ । वाम घोषणापत्रमा मोहियानी हकको समस्या पनि कानुन अनुसार समाधान गरिने उल्लेख गरिएको छ ।
२) कृषि भूमि अतिक्रमण गर्न नपाइने
वाम गठबन्धनले आफ्नो चुनावी घोषणपत्रमा कृषि भूमि अतिक्रमण गर्न नपाइने उल्लेख गरेको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कृषि कार्यका लागि उपयुक्त जमिन अन्य कार्यमा उपयोग गर्न निषेध गरिएको उल्लेख छ ।
३) उच्च पहाडि कृषि अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्र स्थापना
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा नेपालको उच्च पहाडी क्षेत्रमा कृषि अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
४) रसायनमुक्त क्षेत्रदेखि रसायन तथा प्राङ्गारिक मल उद्योगको स्थापनासम्म
वाम गठबन्धनको चुनावी घोषणपत्रमा १० वर्षमा रसायनमुक्त कृषि क्षेत्र बनाउने प्रतिबद्धता रहेको छ । त्यस्तो रसायनलाई प्राङ्गारिक मलले प्रतिस्थापन गर्ने प्रतिबद्धता पनि वाम गठबन्धनको छ । नेपाली कांग्रेसको घोषणापत्रमा पनि “सार्वजनिक, निजी, सहकारी साझेदारीमा आगामी ३ वर्षभित्र एउटा रासायनिक मल कारखाना स्थापना गरिनेछ” भनिएको छ ।
त्यस्तै प्राङ्गारिक मलको औद्योगिक उत्पादनका लागि सहकारी संस्था तथा निजी क्षेत्रलाई अनुसन्धान, प्रविधि तथा आवश्यकता अनुसार पुँजीगत लगानीमा सहयोग गर्ने प्रतिबद्धता कांग्रेसको घोषणा पत्रमा छ ।
५) कृषि पकेट क्षेत्रदेखि कृषि औधोगीक शहरसम्म
वाम गठबन्धन तथा नेपाली कांग्रेस दुवैको घोषणापत्रमा कृषिलाई स्थान अनुसार पकेट क्षेत्र घोषणा गर्ने प्रतिबद्धता रहेको छ । कांग्रेसको घोषणापत्रमा उच्च–पहाडी तथा हिमाली क्षेत्रमा स्याउ, कागती, बदाम, ऊन र मासुका लागि पशुपालन अभियानका रुपमा संचालन गर्ने, मध्य–पहाडी क्षेत्रमा कफी, चिया, अलैंची, सुन्तला प्रजातिका फलफूल, केरा, अदुवा, किवि, मकै तथा गहुँ खेती गर्ने र तराइमा धान, गहुँ तथा मकैको उत्पादनमा जोड दिइएको छ । वाम गठबन्धनले पनि सम्पूर्ण कृषि भू–भागमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरमा आधुनिक फार्महरुको विकास गरी माटो अनुकुलको बाली लगाउने प्रतिबद्धता रहेको छ ।
६) लगानीमा बृद्धि र बिमा कार्यक्रम
नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा बैंक सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउने प्रतिबद्धता जनाएको छ । वाम गठबन्धनले पनि सरकारी सहुलियत ऋण तथा सरकारको उच्च लगानी मार्फत कृषिमा व्यापक लगानी गर्ने प्रतिबद्धता गरेको छ । त्यस्तै कृषिमा बिमा कार्यक्रम लागु गरिने प्रतिबद्धता दुवै घोषणापत्रमा राखिएको छ ।
७) खाद्यन्नमा आत्मनिर्भर र खाद्यन्न निर्यात
वाम गठबन्धनले आफ्नो घोषणा पत्रमा खाद्यन्नमा आत्मनिर्भर भई नेपालबाट पाँच वर्षभित्र खाद्यन्न निर्यात गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली कांग्रेसले भने आगामी पाँच वर्षभित्रमा नेपाललाई मासु, माछा, दुग्ध–पदार्थ, फलफूल, मह, स्याउ, च्याउ, चिया, कफी, अदुवा र तरकारीको खुद निर्यातकर्ता देशको रुपमा उभ्याउने प्रतिबद्धता जनाएको छ । त्यस्तै कांग्रेस कृषि उत्पादनको निर्यात प्रवर्द्धन गर्न गुणस्तर प्रमाणीकरणका लागि काठमाडौं, विराटनगर, वीरगंज, भैरहवा र नेपालगंजमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
कृषि क्षेत्र नेपालको मेरुदण्ड भए पनि अहिलेसम्म कृषिमा राजनीतिक दलहरुले प्रतिबद्धता बाहेक केही गर्न सकेका छैनन् । यसभन्दा अगाडि पनि मुख्य दलहरुले हरेक चुनावी घोषणा पत्रमा कृषि क्षेत्रमा प्रतिबद्धताका पोका बोकेर चुनाव लड्ने गरेका थिए । तर उपलब्धी भने शून्य रहेको छ ।
रसायनिक मलको अभाव, फलफूल तथा तरकारीको निर्यात, दाल, चामल तथा अन्य सबै खाद्य सामग्रीहरु भारतसँग भर पर्नुपर्ने बाध्यता नेपालीहरुका माझ सामान्य भइसकेको अवस्थामा दलहरुले आफ्ना प्रतिबद्धताहरु पूरा गर्नै पर्ने देखिन्छ ।
बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न कडा निर्देशन दिएको छ। बोर्डले सोमबार
मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने
आउँदो मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’
सुनको भाउ १ सयले घट्यो
सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार


प्रतिकृया दिनुहोस