सोभितको म्युजिक भिडियो रिलिज
मोडलिङमा डेब्यु गरेका सोभित घिमिरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिरकुमार साम्पाङले निर्देशन गर्नुभएको भिडियो बिहीबार बूढासुब्बा डिजिटल च्यानलबाट सार्वजनिक भएको हो ।
भूवन बास्तोलाको शब्द र स्वर तथा अमर राईको सङ्गीत रहेको गीत ‘केही कुरा बुझ्यौ‘’ को म्युजिक भिडियोमा सोभितको मुख्य भूमिका देखिएको छ । सोभित आन्तरिक राजस्व कार्यालय धरानका नायव सुब्बा हुनुहुन्छ ।
मोडल सोभितले नै निर्माण गरेको भिडियो सुनसरीको रास ताल, गोकर्ण रिसोर्टलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको छ । सोभितलाई प्राप्ति सुवेदीले साथ दिनुभएको छ ।
भिडियोमा सोभित र प्राप्तिसँगै गायक भूवनले पनि अभिनय गर्नुभएको छ । दिनेश राईले छायाङ्कन गर्नुभएको भिडियो वसन्त राईले सम्पादन गर्नुभएको हो ।
सोभतले मोडलिङ गर्नुभएको गीत भने पूर्वाञ्चल डिआएर स्टुडियोमा रेकर्ड गरिएको हो । सरकारी जागिरको व्यस्त समयलाई व्यवस्थापन गरेर बँचेको फुर्सदको समयमा मोडलिङमा लागेको सोभितले बताउनुभयो ।
हुने बित्तिकै आफूले राम्रो प्रतिक्रिया पाएको सोभितले बताउनुभयो । “यसले उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो, “पहिलो पटक शुरु गरिएको मोडलिङलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा छु ।”
सरकारी जागिरे सोभित जिल्ला ओखलढुङ्गा चिसंखुगढी गाउपालिकाका स्थानीयवासी हुनुहुन्छ । सरकारी जागिरसँगै म्युजिक भिडियोलाई समेत प्राथमिकता दिनुभएका सोभित सरल स्वभावका व्यक्ति हुनुहुन्छ ।
सोभितको भिडियो हेर्न यसै समचार साथमा रहेको लिङ्क क्लीक गर्नुहोला
७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै
नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै आएको तथ्याङ्कले देखाएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले गएको
योनिलाई कसिलो बनाउने नयाँ घरेलु तरिका
हामी सबैलाई थाहा भएकै कुरा हो, व्यक्तिअनुसार नै शरीर र अङ्ग(प्रत्यङ्गका नाप र स्वरूपमा केही विविधता हुन्छ। यो कुरा योनिको सन्दर्भमा पनि लागू
अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने
अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ


प्रतिकृया दिनुहोस