अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने
अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ ।
कति आमाबुवा दुखेसो गर्छन्, ‘छोराछोरीले पढ्नै मानेनन् ।’
मनोरञ्जनको विकल्प बढ्दै जाँदा बालबालिका कितावमा घोत्लिन छाडेका छन् । पुस्तक पढ्नुभन्दा स्मार्ट फोनमा गेम खेल्नु, भिडियो हेर्नुमै रमाउन थालेका छन् ।
डिजिटल भर्सेस प्रिन्ट
सन् २०१३ देखि २०१५ सम्म गरिएको एक सर्भेक्षणमा भारत, जापान, अमेरिका, जर्मनी र स्लोभेनियाका ४ सय २९ विश्वविद्यालयका छात्रहरुलाई डिजिटल र प्रिन्टेड पुस्तकको तुलना गर्न लगाइएको थियो । यसमा अधिकांसले भनेका थिए कि प्रिन्टेड पुस्तकको बास्ना उनीहरुलाई मन पर्छ ।
कागजलाई छुँदा, हेर्दा, समात्दा उनीहरुलाई बेग्लै आभास हुन्छ र पढेको कुरा पनि दिमागमा घुस्छ । त्यसैले बच्चाहरुलाई डिजिटल मात्र नभएर प्रिन्टेड पुस्तक पनि उपलब्ध गराउनु आवश्यक छ ।
सामाजिक सञ्जालको असर
सामाजिक सञ्जालमा ज्ञान त धेरै हुन्छन्, तर ती कति सही हुन्छन् वा गलत भन्ने ऐकिन हुँदैन । जसको मनमा जे आउँछ, त्यसलाई अडियो, भिडियो वा टेक्स्टका रुपमा पोष्ट गरिदिन्छ । यस्ता कुराहरुले बालबालिकाको दिमागमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ । त्यसैले सामाजिक सञ्जालबाट बच्चाहरुले सबै कुरा थाहा पाइहाल्छन् भनेर ढुक्क हुनुहुँदैन ।
यस्तो पृष्टभूमीमा कसरी बच्चालाई पुस्तकमा ध्यान फर्काउने त रु बच्चालाई कसरी पढ्न बानी लगाउने रु यसका केहि काइदा छन् ।
किताब पढेर सुनाउने
सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउनुपर्छ । यसबाट स्वभाविक रुपमा बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा र बच्चाहरुबीचको सम्वन्ध पनि अझै प्रगाढ र सुमधुर हुन्छ ।
प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुस । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।
बुझेर पढ्ने बानी
बच्चाले छिटो छिटो किताब पढ्नु भन्ने मात्र हाम्रो लक्ष्य होइन । उनीहरुले जे पढेका छन्, त्यसलाई राम्ररी बुझुन्, मनन गरुन् र आफ्नो जीवनमा त्यसलाई उतार्ने प्रयास गरुन् ।
यस्ता प्रश्न सोधौं, जस्तैः अब के हुनुपर्छ रु यो पात्रले गरेको काम ठिक छ रु यदि तिमी यसको ठाउँमा भएको भए के गर्थेउ रु आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।
बच्चाको रोलमोडल बन्ने
बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । आफु स्वयम् उसको रोलमोडल बन्ने प्रयास गर्नुपर्छ र उसको उपस्थितमा पढ्ने गरौं । हामी आफु पढ्नमा धेरै शौख नहुन सकिन्छ, तैपनि प्रयास गरौ । हामीले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।
भिन्न प्रकारका पुस्तकलाई साथी बनाउने
बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक(फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ ।
खेलैखेलमा पढाई
कयौं खेलहरुको माध्यमल आफ्ना बच्चाहरुलाई पढाईतर्फ आकषिर्त गर्न सकिन्छ
७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै
नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै आएको तथ्याङ्कले देखाएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले गएको
योनिलाई कसिलो बनाउने नयाँ घरेलु तरिका
हामी सबैलाई थाहा भएकै कुरा हो, व्यक्तिअनुसार नै शरीर र अङ्ग(प्रत्यङ्गका नाप र स्वरूपमा केही विविधता हुन्छ। यो कुरा योनिको सन्दर्भमा पनि लागू
यी ८ चीजले सजिलै बचाउँछ हर्ट ब्लकेजबाट
हर्टको इलेक्ट्रिकल सिस्टममा हुने ब्लकेजलाई हर्ट ब्लकेज भनिन्छ । यो सिस्टम हर्ट बिट रेट र रिदमले निश्चित गर्छ । हरेक हर्ट बिटको साथ एक इलेक्ट्रिकल


प्रतिकृया दिनुहोस