• आइतबार ४-१७-२०८३/ Sunday 02-08-26
  • ०८:३६

एसीसी यू(१९ एसिया कप स् नेपालको लक्ष्य सेमिफाइनल

काठमाडौं स् एसीसी यू(१९ युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोली ९मंगलबार० आयोजक मलेसियासँग खेल्दैछ। यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा ३ पटकको च्याम्पियन भारतलाई हराउँदै इतिहास रचेको नेपालले सेमिफाइनल सम्भावना जिवितै राखेको छ।

सोमबार बंगलादेशले मलेसियालाई २६२ रनले हराएपछि नेपालले पनि मलेसियालाई ठूलो अन्तरले हराउनुपर्ने दबाब बढेको छ।

समूहमा दुई चरणको खेलपछि बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा छ। एकमा जित र एकमा हार बेहोरेको भारत र नेपाल क्रमशस् दोस्रो र तेस्रो स्थानमा छ। नेपालले मलेसियालाई हराउने अनी बंगलादेशले पनि भारतलाई पराजित गरेको खण्डमा नेपाल र बंगलादेश स्वत सेमिफाइनल पुग्नेछ। यदी भारतले बंगलादेशलाई पराजित गरेमा  र नेपालले मलेसियालाई हराएमा भने ३ टीमको बराबर अंक हुनेछ र यस्तोमा रनरेट महत्वपूर्ण हुनेछ।

त्यसैले भोली नेपालले मलेसियालाई ठूलो अन्तरमा पराजित गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ।

मलेसियासँग खेल क्वालिफायर जस्तै

नेपालका मुख्य प्रशिक्षक विनोद दासले मलेसिया विरुद्धको खेल क्वालिफायर जस्तै भएको बताएका छन्। ुयो म्याच हाम्रो हामो लागि क्वालिफायर जस्तै हो। भोली हाम्रो मुख्य लक्ष्य भने राम्रो क्रिकेट खेल्ने र उत्कृष्ट जित हात पार्नु हुनेछ।ु दासले मलेसियासँग खेल्नुअघि भने।

ुअर्को खेलको नतिजाले भने सेमिफाइनल समिकरण डिसाइड गर्छ। पहिले हामी फस्ट इनिङ्स कस्तो हुन्छ हेर्नेछौँ अनी दोस्रो इनिङ्सको लागि तयार गर्नेछौँ।ु

दासले पहिलो खेल हारेपनि खराब पोजिसनमा नरहेको तर मुख्य टार्गेट ठूलो अन्तरमा जित्नु नै रहेको बताए। ुहामीले लिग राउण्ड उत्कृष्ट रुपमा फिनिस गर्न सक्यौँ भने हामी स्ट्रोङ साइड हो भनेर सन्देश दिन सक्छौँ।ु

यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले मलेसिया विरुद्ध जित बाहेकको विकल्प नरहेको बताए। ुजित भन्दा अन्य विकल्प हामीसँग छैन। बंगालदेशले मलेसियालाई ठूलो अन्तरमा हराउनुको अर्थ छनोट यात्रा कठिन हुनु हो।ु ऐरीले भने। ुहाम्रो लक्ष्य पहिले बलिङ गरे मलेसियालाई कम स्कोर रोक्ने र पहिले ब्याटिङ गरे ठूलो स्कोर बनाउनु हो।ु

ुयस्तै भारत र बंगलादेशबीचको खेलको नतिजाले पनि असर गर्नेछ। तर हामी मलेसिया विरुद्ध सक्दो राम्रो खेल्नेछौँ।ु

ुभारत विरुद्धको खेल हाम्रो टिमको लागि ठूलो प्रेरणा रह्यो। हामी सेमिफाइनल पुग्नेमा आशावादी छौँ।ु

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ७ बजे बायुमास ओभलमा हुनेछ। मंगलबार भारत र बंगलादेशबीच पनि खेल हुनेछ।

यता श्रीलंकालाई ३ विकेटले पराजित गर्दै पाकिस्तान समूह बी बाट सेमिफाइनल पुगेको छ। पहिलो खेलमा अफगानिस्तानसंग हारेको पाकिस्तान त्यसपछि लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको हो। श्रीलंका समान ४ अंक रहेपनि रनरेटमा अगाडी रहै पाकिस्तान अन्तिम चारमा पुग्न सफल भयो।

अब अफगानिस्तानले युएईलाई ठुलो अन्तरमा पराजित गरे श्रीलंका बाहिरिनेछ।

 

प्रतिकृया दिनुहोस

विश्वकपका लागि छनोट भएका ३० राष्ट्र

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो