धरानमा सम्पन्न अधिवेशनबाट प्रदेश महासंघको अध्यक्षमा सग्रौला निविरोध निर्वाचित
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नं. १ को प्रथम अधिवेशनले तुलसी सग्रौलाको अध्यक्षतामा ४४ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ ।
२ दिन सम्म सञ्चालन भएको एतिहासिक प्रथम अधिवेशनले तेह्रथुमका संग्रौला अध्यक्ष, ओखलढुंगाका गोपालमान थापा उपाध्यक्ष संखुवासभाका लिला तामांङ महासचिवमा र उदयपुरका पुर्णकला कोइराला कोषाध्यक्षमा मोरङको अग्नी पौडेल र धनकुटाका राजेन्द्र खड्का सचिव न्यायिक समिति संयोजकमा गोपीकृष्ण कार्की र लेखा तथा अनुगमन समितिको सयोजक तारा भट्टाराई सहित ४४ सदस्यलाई र्निविरोध निर्वाचित गर्दै सम्पन्न भएको हो ।
धरानको लांघाली सामुदायिक वन समुहको हलमा भएको बन्द सत्रबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्दै आगमी असोज १५ देखि काठ्माण्डौमा सञ्चालन हुन संघिय अधिवेशनमा सहभागी हुने १४ जिल्लाका १ सय ४० जना प्रतिनिधिहरुको समेत छनौट गरेको निर्वाचन समितिका संयोजक सोम सुवेदीले जानकारी दिएँ ।

अधिवेशनमा प्रदेश नं. १ का १४ जिल्लाका सामुदायिक वन समुह हुदै स्थानिय तह तथा जिल्ला महासंघबाट निर्वाचित भएका ८ सय ७२ प्रतिनिधिहरुको सहभागीेता रहेको थियो । २२ गते शुरु भएको प्रथम ऐतिहासिक अधिवेशनले संस्थाको संगठानिक संरचना पारित गर्दै भावी कार्यक्रम तर्जुमा गरेको नव निर्वाचित सचिव अग्नी पौड्लले जानकारी गराउनु भएको छ ।
अधिवेशनमा राष्ट््िरय कार्यसमितिका अध्यक्ष गणेश कार्की, उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारती पाठक, सचिव विर्ख शाही स्थायी समिति सदस्य ठाकुर भण्डारी लगायतको सहभागीता रहको थियो ।
अधिवेशनको उद्द्घघाटन सत्रमा सहभागी जनप्रतिनिधि लगायतका सरोकारवालाहरुले सामुदायिक वनको जन्म दिने वन ऐन २०४९ लाई शंसोधन गरेर सरकारले प्रकृतिक श्रोत र साधनको दोहन गर्न उद्यत भएको भन्दै विरोध गर्दै महासंघले त्यसकोे विरुद्ध बलियो गरी खबरदारी गर्न आवश्यक रहेको बताएका थिए ।



.jpeg)

प्रतिकृया दिनुहोस